८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

१२ जुवाडे तीन लाख रुपैयाँ सहित पक्राउ



दाङ ।
जिल्ला प्रहरी कार्यालय दाङले झण्डै तीन लाख रुपैयाँसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २ लाख ८९ हजार एक सय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताउनुभयो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ कपासीमा अवैध जुवा खेलिरहेका उनीहरुलाई शुक्रबार राति ९ बजेतिर पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७५ शनिबार ००:००  ५ : १० बजे