१ असार २०८१, शुक्रबार | Fri Jun 14 2024

स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण



पाल्पा ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले जुठापौवा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले स्वास्थ्यचौकीका अध्यक्ष तथा वडा नं ६ का अध्यक्ष ङनबहादुर रास्कोटीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो ।
गाउँपालिकाको करीब रु ११ लाख लगानी र नेपाल सरकारको तर्फबाट झण्डै रु १९ लाख भन्सार छुटमा एम्बुलेन्स खरीद गरी एम्बुलेन्स ल्याएकोे गाउँपालिकाका अध्यक्ष कार्कीले बताउनुभयो ।
रैनादेवी छहरा गाउँपालिका ६, ७ र ८ वडाका वासिन्दालाई पायक पर्ने गरी जुठा बजारमा एम्बुलेन्स रहने छ । एम्बुलेन्स सेवापछि पाल्पाको पश्चिम भेगमा रहेको रैनादेवी छहरा गाउँपालिकाको विकट क्षेत्रमा सत्यवती, बल्ढेगढी र जुठापौवाका स्थानीय बासिन्दालाई बिरामी हुँदा स्वास्थ्य संस्थासम्म पुग्न सहज हुने छ ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  १२ : ५२ बजे