१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपालमा पाइने चराहरुमध्ये २३ प्रतिशत चरा गुल्मीमा



गुल्मी । 

नेपालमा पाइने ८ सय ८६ प्रजातिका चराहरु मध्ये गुल्मीमा मात्र २३ प्रतिशत विभिन्न प्रजातिका चराहरु भेटिएका छन् । गुल्मीको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुंगा जंगल र मदाने जंगल क्षेत्रमा कुलमध्ये २३ प्रतिशत विभिन्न प्रजातिका चराहरु फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले जनाएको छ ।

रेसुंगा र मदाने वन क्षेत्रमा जैविक विविधता संरक्षण अन्र्तगत चरा सर्बेक्षण सम्बन्धी जानकारी आदानप्रदान कार्यक्रमा रेसुंगा वन क्षेत्रमा २ सय ८ र मदाने क्षेत्रमा २ सय ७ प्रजातिका चराहरु फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  १ : ०१ बजे