१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शैक्षिक प्रमाणपत्र धितो राखेर सहकारीबाट कर्जा



दाङ ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिन सुरु गरेको छ ।
व्यवसाय गर्न चाहनेहरुलाई लक्षित गरेर शैक्षिक प्रमाणपत्र धितो राखि कर्जा दिन सुरु गरिएको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो ।
अध्यक्ष शर्माका अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर एसइइ पास गरेकालाई २५ हजार, प्लस टु गरेकालाई एक लाख ५० हजार, स्नातक गरेकालाई तीन लाख र स्नातकोत्तर पास गरेकालाई ५ लाख रुपैयाँ कर्जा सहकारीले दिन सुरु गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  १ : ०४ बजे