८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

राष्ट्रकवि घिमिरे सय वर्षमा प्रवेश, जन्म शताब्दी वर्ष मनाउने तयारी



मायादेवी अनलाइन, काठमाण्डौं ।
राष्ट्रकवि माधव प्रसाद घिमिरे आज ९९ सय बर्ष पुरा गरी एक सय वर्षमा प्रवेश गर्नुभएको छ । वि सं २०७५ साल असोज ७ गते जन्मनु भएका उहाँ आइतबार एक सय औँ वर्षमा प्रवेश गर्नु भएको हो ।
घिमिरे पुस्तुन गाउँको मात्र होइन, राष्ट्रकै साहित्यिक गहना हुनुहुन्छ । उहाँको कृतित्व र व्यक्तिलाई अन्तर्रा्ष्ट्रियकरण गराउन यो वर्ष उहाँको जन्म शताब्दी वर्ष उहाँ अहिले पछिल्लो महाकाव्य ‘ऋतम्भरा’लाई बिट मार्ने तयारीमा हुनहुन्छ ।
राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधि लगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गर्नुभएको छ ।
मस्र्याङ्दी वाड्यमय प्रतिष्ठानले यो वर्षभरी जन्म शताब्दी मनाउन उहाँको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दन लगायतका कार्यक्रम तय गरेको छ ।
यही असोज २१ गते काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने सो कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा. वासुदेव त्रिपाठीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
। घिमिरेको यो जन्मदिनको अवसरमा मायादेवी मिडिया ग्रुपद्धारा सञ्चालित मायादेवी अनलाइनको तर्फबाट पनि सु स्वास्थ्य दीर्घायुको कामना ।

प्रकाशित मिति : ७ आश्विन २०७५ आइतबार ००:००  २ : ५७ बजे