१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मलेसियामा विषाक्त मदिराबाट थप दुई नेपालीको मृत्यु



काठमाण्डौं ।
मलेसियामा विषाक्त मदिरा सेवनबाट थप २ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले सोमबार जनाएको छ ।
दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ जफार शेरेम्बान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुगेको छ ।
यसअघि विषाक्त मदिरा सेवनबाट धादिङका मीमबहादुर घले, रुपन्देहीका रामकुमार यादव, डडेलधुराका विशाल बुढाथोकी, सुनसरीका सञ्जय उराव, इलामका बलबहादुर कुलुङ्ग, सर्लाहीका आइतसिंह गोले र नवलपरासीका दुर्गा्सिंह रानाको मृत्यु भएको दूतावासले जनाएको छ ।
विषाक्त मदिरा सेवनबाट १७ नेपाली गम्भीर बिरामी परेका थिए । उनीहरुमध्ये ७ नेपाली विभिन्न अस्पतालमा उपचारपश्चात् कम्पनीमा फर्किसकेका छन् । अन्य १० जना बिरामीमध्ये ३ को अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५ मंगलबार ००:००  २ : ३५ बजे