१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सर्पको डसाईबाट दिदीभाइको ज्यान गयो



रुपन्देही । 

सर्पको डसाइबाट रुपन्देहीमा दिदीभाइको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका –६, गणेशपुरका ११ वर्षीय सुस्मिता सुवेदी र ६ वर्षीय गणेश सुवेदीको ज्यान गएको हो । सर्पले टोकेका दुवै दिदीभाइको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

गणेशको जन्मदिनको अवसरमा शनिबार बेलुका घरमा खीर खाएर दिदिभाइ एउटै खाटमा सुतेका थिए । राती उनीहरुले वान्ता गरेको भए पनि आइतबार बिहान मात्रै दुवैलाई उपचारको लागि अस्पताल लगिएको थियो ।

उपचारको क्रममा दिदिको आइतबार र भाइको सोमबार ज्यान गएको अस्पतालले जनाएको छ । सुस्मिता मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालय कक्षा ४ र भाइ गणेश कक्षा १ मा अध्ययनरत थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७५ मंगलबार ००:००  २ : ५६ बजे