१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्थानीय तहको मनपरि, नदीजन्य पदार्थ उत्खननमा हतारो



शिवलाल सुवेदी, गुल्मी ।

प्रदेश सरकारले कार्यविधी बनाउन नपाउदै गुल्मीका स्थानीय तहले जिल्लामा ढुंगा, गिट्टी, बालुवा उत्खन शूरु गरेका छन । नदीजन्य उत्खनन तथा विक्रि वितरणका लागि प्रदेश सरकारले कार्यविधी निमार्ण गरेर स्थानीय सरकारलाई पठाएपछि मात्र नदीजन्य पदार्थ उत्खनन तथा विक्रि वितरण गर्न पाउने भएपनि गुल्मीमा केही स्थानीय तहहरुले मनपरि गर्दै नदीजन्य पदार्थ को विक्रि वितरणमा हतारो गरेका छन ।

गुल्मीमा केही स्थानीय तहले प्रदेश सरकारले कार्यविधी नबनाउँदै बोलपत्र आह्वान गरेर ठेक्का समेत लगाएका छन् । नदीजन्य पदार्थ असोज १ गतेदेखि जेठ मसान्तसम्म उत्खनन् गर्न सकिने प्रावधान रहेको भन्दै स्थानीय तहले प्रदेशले कार्यविधी नवनाउदै नदीजन्य पदार्थ  उत्खनन तथा विक्रि वितरण प्रक्रृया शुरु गरेको बताएका छन ।

स्थानीय तहले  ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा विक्रि वितरणको काम अगाडि बढाएपनि प्रदेशले बनाउने कार्यविधीले मात्रै यसको सवै कुरा निर्धारण गर्छ । गुल्मीका केहि स्थानिय तहले प्रदेशको कार्यविधीलाई नर्पखिकन यसको बेवास्ता गर्दै उत्खनन र बिक्रि वितरण प्रक्रिया थालेका हुन् ।

जिल्लाका मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र रुरु गाउँपालिकाले वोलपत्र आवह्रान गरेर नदीजन्य पदार्थ वितरण शुरु गरेका हुन । जिल्लाका अन्य स्थानीय तहले भने प्रदेश सरकारको कार्यविधी पर्खेको बताएका छन । स्थानीय तहमा संकलन हुने नदीजन्य पदार्थको राजश्व ५० प्रतिशत संघीय सरकारको कोषमा जानेछ भने २५ प्रतिशत प्रदेश र ÷२५ प्रतिशत स्थानीय तहमै रहनेछ ।

प्रकाशित मिति : ९ आश्विन २०७५ मंगलबार ००:००  ३ : ०४ बजे