१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तनहुँमा सवारी दुर्घटनाबाट दुईजनाको मृत्यु, आठजना घाइते



तनहुँ ।
पृथ्वी राजमार्ग अन्र्तगत तनहुँमा मंगलबार बिहान भएको गाडी दुर्घटनामा २ महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा व्यास नगरपालिका वडा न ४ की सरस्वती कुँवर र पहिचान नखुलेकी २७र२८ वर्षीया एक महिला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी आठ यात्रु घाइते भएका छन् ।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको बस र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस म्याग्दे ४ मनहरीमा एकआपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा परी माइक्रो चालक म्याग्दे १ का तुलबहादुर विक र व्यास २ निवासी विष्णुमाया बस्नेत गम्भीर घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ । अन्य सामान्य घाइते भएका ६ यात्रुको दमौली अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५ मंगलबार ००:००  ४ : १३ बजे