११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मलेरियाका चार बिरामी फेला



नवलपरासी ।
पश्चिम नवलपरासीमा पछिल्लो तीन महीनामा मलेरियाका चार बिरामी फेला परेका छन् । तीमध्ये दुई महिला छन् ।
साथै एक तीनवर्षीय बालक र एक सुनवल नगरपालिकास्थित सिमेन्ट उद्योगमा ज्यालादारीमा काम गर्ने भारतीय रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
पश्चिम नवलपरासी जिल्ला स्वास्थ्य कार्यालयका मलेरिया इन्स्पेक्टर गौरीशङ्कर प्रसादका अनुसार जिल्लाका सुनवल नगरपालिका, सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिका तथा प्रतापपुर गाउँपालिकाका क्षेत्रबाट मलेरियाका बिरामी फेला परेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७५ बुधबार ००:००  १ : ३९ बजे