१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बालिका हत्याको अभियोगमा एक पक्राउ



पोखरा ।
पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ती व्यक्ति सोही टोलको रहेको बुझिएको छ । यस घटनाको अनुसन्धानको क्रममा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिनुभयो ।
पोष्टमार्टमको रिपोर्ट प्राप्त नभएकाले हत्यालगायत अन्य घटनाको विषयमा अहिले बताउन नसकिने उहाँले बताउनुभयो ।
सोमबार साँझ ६ बजे नजिकको पसलमा बिस्कुट खरिद गर्न निस्केकी ती बालिका घर नफर्केपछि मङ्गलबार बिहान आफन्तले खोजी गर्दा घरनजिकको खोल्सा छेउको झाडीमा घोप्टो परेको मृतावस्थामा भेटिएको थियो ।
बाबुले दोस्रो विवाह गरेपछि मामाघरमा बस्दै आएकी उनी स्थानीय आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् । (रासस)

प्रकाशित मिति : १० आश्विन २०७५ बुधबार ००:००  ९ : ३८ बजे