८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

अपहरण भएको भनिएका डा. यादव अर्कै युवती संग भेटिए पछि…



लहान ।
सिरहाको लहानबाट हिजो साँझ अपहरण भएको भनिएका डा.सुभाष यादवलाई गएराति ११ बजे प्रहरीले फेला पारेको छ । सप्तरीको मल्हनिया–२ निवासी डा यादवलाई प्रहरीले सर्लाहीको नवलपुरमा फेला पारेको हो ।
अर्की युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उहाँकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुट्याउनका लागि डा यादवलाई विगत एक महिनादेखि लहानमै राखिरहेका थिए । हिजो साँझ बजार घुम्न निस्किएका डाक्टर जीपमा चढेर एकाएक फरार भएपछि अपहरणको हल्ला चलेको थियो ।
सम्पर्क हुन छोडेपछि उहाँका आफन्तले अपहरणमा परेको हुनसक्ने भन्दै प्रहरीमा खबर गरेका थिए । अपहरणमा परेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले डा यादवलाई सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा फेला पारेका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । यादवसँगै उहाँलाई भाग्न सहयोग गर्ने एक सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७५ बुधबार ००:००  ९ : ४८ बजे