१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आवधिक योजनालाई सहजीकरण गर्दै प्रदेश समिति



युवराज पाण्डे, बुटवल ।

प्रदेश नं ५ का संसदीय समितिले प्रदेश सरकारले ल्याउन लागेका आवधिक योजनालाई सहजीकरण गर्दै आफ्ना काम अघि बढाएका छन् ।

उनीहरूले विभिन्न चरणमा बसेका बैठकबाट सरकारको कामलाई निगरानी गर्ने र विभिन्न योजनामा छलफल गरिरहेको प्रदेशसभाको सचिवालयले जनाएको छ । “सरकारले ल्याउन लागेको विभिन्न आवधिक योजनालाई औपचारिक र अनौपचारिक रूपमा सहजीकरण गर्ने काम समितिले गरिरहेका छन” प्रदेश नं ५ प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले भन्नुभयो ।

उहाँले विभिन्न समितिको बैठक बसिरहेको र कार्य्विधि बनाउने तयारीमा समिति रहेको उल्लेख गर्दै सङ्घीय कानून नबनेका कारण पनि समितिलाई काम गर्न केही कठिनाइ भएको बताउनुभयो ।

साउन दोस्रो साता नेतृत्व पाएका विभिन्न छ समितिले आफ्नो कार्यकक्ष नभए पनि संसद् सचिवालयले उपलब्ध गराएका हल तथा कक्षमा समितिका बैठकहरु हुने गरेके छन् । प्रदेशसभामा रहेका छ समितिका अतिरिक्त विशेषाधिकार समिति र प्रदेशको नामाकरण तथा स्थायी राजधानीका लागि सिफारिस गर्न बनेको विशेष समिति समेत क्रियाशील रहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  २ : १५ बजे