१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज विश्व पर्यटन दिवस मनाईदै



काठमाडौँ ।
विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाईदै छ । संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आइएको छ । यो दिवस मनाउने क्रम सन् १९८० देखि औपचारिक रुपमा सुरु भएको हो ।
सन् १९८० मा संयुक्त राष्ट्रसङ्घले घोषित रुपमै आफ्नो मातहतअन्तर्गत ‘संयुक्त राष्ट्रसङ्घ– विश्व पर्यटन सङ्गठन’ युनाइटेट नेसन्स–वल्र्ड टुरिज्म अर्गनाइजेसन (युएन–डब्लुटिओ) गठन ग¥यो । विश्व पर्यटन दिवसका दिन अर्थात् २७ सेप्टेम्बरका दिन विभिन्न मुलुकले आफ्नो देशमा आउने पहिलो पर्यटकलाई आकर्षक प्याकेज दिने गरेका छन् । पर्यटन व्यवसायीले पनि पर्यटकलाई विभिन्न पुरस्कारलगायत सहुलियत दरमा प्याकेज दिने गरेका छन् ।
पर्यटनलाई विश्वका प्रायः सबै देशले अन्य उद्योग सरह उद्योगको मान्यता दिइसकेका छन् । यद्यपि नेपालमा पनि केही वर्षअघिदेखि सरकारले पर्यटनलाई अन्य उद्योगसरह उद्योगको मान्यता दिने विषय चर्चामा आउने गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  २ : ४६ बजे