८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

१६ औं अनशन थाल्ने डा. केसीको चेतावनी



काठमाण्डौं ।
आम नागरिकमा गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको समान पहुँचका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार र आफूबीचको पूर्व सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए आगामी ६ दिनपछि अर्थात कात्तिक १६ गतेदेखि १६ औं अनशन थाल्ने चेतावनी दिएका छन् ।
पूर्वसम्झौता अनुसार निर्माण गरिएको विधेयकमाथि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा छलफल भइरहेका बेला समितिका सभापति जयपुरी घर्ती मगरले दिएको विवादस्पद अभिव्यक्तिले आफूलाई फेरि एक पटक झस्काएको भन्दै डा. केसीले संसदको चालु अधिवेशनबाट जस्ताको त्यस्तै विधेयक पारित हुनु पर्ने माग गरेका छन् ।
डा. केसीले एक विज्ञप्ति जारी गर्दै विधेयक चालु अधिवेशनबाट नै पास हुनुपर्ने माग पनि गरेका हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  ३ : ०२ बजे