१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जग्गा अधिग्रहण गर्दा अनिवार्य क्षतिपूर्ति दिनुपर्नेे सर्वोच्चको आदेश



काठमाण्डौं । 

सर्वोच्च अदालतले सार्वजनिक प्रयोजनको लागि व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहण गर्दा सरकारले अनिवार्य क्षतिपूर्ति दिनुपर्नेे आदेश दिएको छ । सार्वजनिक प्रयोजनका लागि जग्गा अधिग्रहण गर्दा अधिग्रहणमा पर्ने जग्गाधनीसमेत लाभान्वित हुने भएकाले क्षतिपूर्ति दिनुपर्दैन भन्दै आएको सरकारी दाबी गलत रहेको पनि सर्वोच्च अदालतले व्याख्या गरेको छ ।

अधिग्रहण गर्दा क्षतिपूर्ति दिनुनपर्ने दाबीलाई सर्वोच्च अदालतले जनताको संवैधानिक अधिकारप्रति सरकारी निकायबाट गरिएको गम्भीर हस्तक्षेप मानी त्यस्तो अवस्थामा अदालत टुलुटुलु हेरेर बस्न नसक्ने समेत उल्लेख गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  ३ : १६ बजे