१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ट्याक्टर दुर्घटना हुँदा अर्घाखाँचीमा एक जनाको मृत्यु


११ आश्विन २०७५ बिहिबार ००:००  

0
Shares

बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ माझा पोखरीमा ट्याक्टर दुर्घटना हुदा आज एक जनाको ज्यान गएको छ ।

तेल हाल्न हिडेको लु ४ त १२२ नम्बरको ट्याक्टर ओरालो सडकमा अनियन्त्रित भै दुर्घटना हुदा अर्घाखाँची धारापानी निवासी २१ बर्षिय हुमा भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक भुसालको शवलाई जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टमको लागि राखिएको छ । ट्याक्टर चालक बसन्त बि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  ४ : ४३ बजे