८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

रेविज विरुद्धको दिवस नेपालमा पनि मनाईदै



काठमाण्डौं ।
आज विश्व रेविज विरुद्धको दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी दिवस मनाईदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सेप्टेम्बर २८ तारिखका दिन विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरी दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरिदैछ ।
विश्वभर एक प्रमुख स्वास्थ्य समस्याका रुपमा रेविज रोगलाई लिने गरिन्छ । मानिसमा लाग्ने रेविज मध्ये ९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गरेको डब्लुएचओको भनाई छ । रेविज रोगबाट प्रभावित १ सय ५० बढी राष्ट्रमा संक्रमित १० जना बालबालिका मध्ये ४ जनाको मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७५ शुक्रबार ००:००  १ : ५२ बजे