१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ट्रकको ठक्करबाट दुई जना गम्भिर घाइते, थप उपचारका लागि बुटवल लगियो



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको चारनम्बरमा आज राती सवारी दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन् । पश्चिमबाट पूर्व आउदै गरेको लु ३७ प नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आईरहेको लु १ ख ६७९२ नं. ट्रकले ठक्कर दिदा २ जना गम्भिर घाइते भएका हुन् । घाइते दूवै जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते दुवै जनाको थप उपचारको लागि बुटवल पठाइएकोे छ । घाइते हुनेमा रुपन्देहीको कन्चन गाउपालिका रुद्रपुरका निश्चल थापा र सैनामैना नगरपालिका सालझण्डीका मोहन थापा रहेका छन् । उनीहरु दुवै जना नवप्रभात माध्यमिक विद्यालय सालझण्डीमा कक्षा १० मा अध्ययरत रहेको बताइएको छ ।
ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ । यसअघि पनि सोही ठाउँमा पटक पटक सवारी दुघर्टना भएको स्थानीयले बताएका छन् । रातको समयमा सडकको दुवै पट्टी ट्रक र टिप्पर लामालस्कर भएर रोकेर राख्दा सवारी दुर्घटना बेढेको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : १२ आश्विन २०७५ शुक्रबार ००:००  ४ : १८ बजे