८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

चारनम्बरमा ट्रकको ठक्करबाट घाइते भएका थापाको निधन, घाइते अर्कोको उपचार हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको चारनम्बरमा शुक्रबार राती सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । अर्का एक युवक घाइते भएका छन् । पश्चिमबाट पूर्व आउँदै गरेको लु ३७ प ९२५० नं. को मोटरसाईकललाई विपरित दिशाबाट आईरहेको लु १ ख ६७९२ नं को ट्रकले ठक्कर दिदा दुई जना गम्भिर घाइते भएका थिए । घाइते दूवै जनालाई यहाँ उपचार सम्भव नभएपछि बुटबल पठाइएको थियो । जस मध्ये रुपन्देही कन्चन गाउँपालिका रुद्रपुरका निश्चल थापाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
अर्का रुपन्देही सैनामैना नगरपालिका सालझण्डीका मोहन थापालाई थप उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना रुपन्देहीको नवप्रभात माध्यमिक विद्यालय सालझण्डीमा कक्षा १० मा अध्ययरत थिए । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसीले जानकारी दिए ।
यसअघि पनि सोही ठाउँमा पटक पटक सवारी दुघर्टना भएको स्थानीयले बताएका छन् । रातको समयमा सडकको दुवै पट्टी ट्रक र टिप्पर लामालस्कर भएर रोकेर राख्दा सवारी दुर्घटना बेढेको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  १ : १५ बजे