१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नवलपरासीमा बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, ३२ घाइते



नवलपरासी ।
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोती –१६, मा आज बिहान साढे ३ बजे बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् ।
घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगंजबाट काठमाडौंका लागि छुटेको ना ७ ख ५६ २९ नम्बरको बस विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि बस चालक बाँके कोहलपुर नगरपालिका ४ बस्ने २३ वर्षका सुरज विक र कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. २ बस्ने २४ वर्षका लक्ष्मण थारुको ज्यान गएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, ४ जनाको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  २ : ३० बजे