११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

विश्व मुटु रोग दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाईदै



काठमाडौं ।
आज विश्व मुटु रोग दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै छ । विश्वमा पछिल्लो समय मुटु रोगबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष १ करोड ७५ लाख मानिसको मृत्यु मुटु र मुटु सम्बन्धी रोगका कारण हुने गरेको छ ।
यसरी मुटुको रोग र यसबाट मृत्युको संख्या बढ्दै गएपछि विश्व मुटु फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएकोमा सन २०१२ सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएको हो ।
आज पनि विश्वभर मुटु दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मुटु दिवस मनाइँदैछ । नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटु सम्बन्धी समस्या देखिन थालेको चिकित्सकहरूको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  २ : ४३ बजे