८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

फेसबुक एकाउन्ट ह्याक हुन सक्ने खतरा, कम हैन ५ करोड !



एजेन्सी । 

फेसबुकले एउटा सुरक्षा गल्तीका कारण झण्डै पाँच करोड फेसबुक प्रयोगकर्ताको खाता ह्याक हुन सक्ने खतरा पैदा भएको बताएको छ ।

कम्पनीले एउटा सूचना सार्वजनिक गर्दै ह्याकरहरुले फेसबुकको प्रविधिमा भएको त्रुटिको फाइदा उठाएको जनाएको छ ।

फेसबुकमा रहेको ‘भ्यू एज’ फिचरको फाइदा उठाउँदै ह्याकरहरुले फेसबुक प्रयोगकर्ताको खाता ह्याक गर्ने प्रयास गरेका छन । यो फिचरमा फेसबुक प्रयोगकर्ताले अरु मान्छेले आफ्नो प्रोफाइललगायतका चिजहरु कसरी हेरिरहेका छन् भन्ने जानकारी प्राप्त गर्नेछन ।

फेसबुकले मंगलबार नै यस विषयमा प्रहरीलाई जानकारी गराएको छ । साथै कम्पनीका सुरक्षा प्रमुख गाई रोजेनका अनुसार प्रविधिमा देखिएको त्रुटिलाई सुधार गरिएको छ ।

रोजेन भन्छन, हामीले भर्खरै अनुसन्धान सुरु गरेका छौँ । हामीले फेसबुक एकाउन्टको गलत प्रयोग भयो भएन वा जानकारी चोरी भयो भएन भन्ने बारेमा पत्ता लगाउन जरुरी छ । अहिले यो साइबर आक्रमणपछि कसको हात छ र कहाँबाट परिचालित छन् भन्ने बारेमा केही थाहा भएको छैन ।’

रोजेन भन्छन, ‘मानिसको गोपनीयता र सुरक्षा महत्वपूर्ण हुन्छ, जे भयो त्यसका लागि हामी माफी चाहन्छौँ ।’ फेसबुकको ‘भ्यू एज’ एउटा प्राइभेसी फिचर हो जसको माध्यमबाट फेसबुक युजर अन्य व्यक्तिको प्रोफाइल हेर्न सक्छन् । यसबाट उनीहरुले साथी, साथीको साथी तथा सार्वजनिक जानकारी हासिल गर्न सक्नेछन । फेसबुकका सीईओ मार्क जुकरबर्गले पनि यो समस्याको समाधान भैसकेको बताएका छन ।

 

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  ३ : ०२ बजे