१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वीरगञ्जमा एक व्यक्ति माथि चार राउण्ड गोली प्रहार



पर्सा । 

वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा एक व्यक्तिलाई लक्षित गरी चार राउण्ड गोली प्रहार गरिएको छ । मदनप्रसाद साहलाई लक्षित गरी आज बिहान दुई बजेतिर अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो ।

तर गोली नलागेकाले साह सकुशल छन् । कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली हानेको थियो ।

साह भारत पूर्वीचम्पारण निवासी हुन । उनी कोइला सम्बन्धी काम गर्ने नबल इन्टरप्राइजेज वीरगञ्जमा म्यानेजरको रुपमा कार्यरत छन । उनलाई गोली कसले हान्यो र किन हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम डिएसपी सत्यनारायण थापाले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।

घटनास्थल भारतीय सीमा क्षेत्रभन्दा ५० मिटर वर पर्दछ । गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको अनुमान गरिएको छ । यसअघि सुनसरीमा शिक्षक खुर्सिद आलम अन्सारीको अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  ४ : २७ बजे