१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुल्मी र अर्घाखाँचीका लागि १८ वटा बस थपिए



काठमाडौं ।

दसैंका लागि टिकट अभाव भएको गुनासो बढेपछि यातायात व्यसायीले गाडी थप्न थालेका छन्  । गुल्मी र अर्घाखाँचीको लागि मात्रै सोमबार ९र९ वटाका दरले १८ वटा गाडी थपिएको नेपाल राष्ट्रिय यातायात व्यवसायीका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

यात्रुले टिकट नपाएको गुनासो गरेपछि गुल्मी र अर्घाखाँचीको लागि १८ वटा बस थपेको र अरु ठाउँमा पनि अभाव भएमा बस थपिने महासंघले जनाएको छ । दसैंकै लागि अहिलेसम्म ७ लाख यात्रुले काठमाडौं छाडेको र घरजाने मध्ये ५० प्रतिशत यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेको पनि महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

गाडी राम्रा भए पनि बाटो अप्ठेरो भएकाले दसैंमा जाम हुन सक्ने भएकाले फूर्सद भएका नागरिकलाई आज भोलि नै घर जान पनि महासंघले आग्रह गरेको छ । टिकट बुकिङको समिक्षा गर्न महासंघ र यातायात व्यवस्था विभागविच सोमबार दिउँसो छलफल पनि हुँदैछ ।

प्रकाशित मिति : १५ आश्विन २०७५ सोमबार ००:००  ३ : ५९ बजे