१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कृष्णनगरमा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु



अजय मिश्र, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बस पार्कमा बसले ठक्कर दिँदा एक जना रिक्सा चालकको घटनास्थल मै ज्यान गएको छ ।
आज बिहान बस पार्कमा बा. ३ ख. ३४४९ नं. को बसले ब्याक गर्ने क्रममा पार्कको छेउमा रहेको रिक्सा चालकलाई ठक्कर दिएको थियो । ठक्करबाट कृष्णनगर नगरपालिका वडा नं. १ सेमरा बस्ने वर्ष ४२ को सुरेश रैदासको ज्यान गएको हो ।
मृतकलाई पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादूरगंजमा पठाइएको छ । बस चालक फरार रहेको तर बसलाई भने नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सूर्य बोगटीले बताउनुभएको छ ।
यो घटना घटै लगत्तै कृष्णनगरमा दोषीलाई सजाय र पीडितलाई छिटोभन्दा छिटो न्याय दिलाउन माग गर्दै स्थानीयबासीले चार घन्टासम्म कृष्णनगर बन्द गरेका छन । समाजसेवी तथा युवा नेता अकरम पठानको नेतृत्वमा बजार बन्द गरिएको बताइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७५ सोमबार ००:००  १२ : ०२ बजे