१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

आज विश्व अहिंसा दिवस, अहिँसाका प्रतिक गान्धिको जन्म दिन



मायादेवी अनलाइन ।
आज अक्टोबर महिनाको २ तारिख, आज विश्वभर अहिंसा दिवस मनाइदै छ । दिवस विश्वमा कुनै पनि राजनैतिक या सामाजिक परिवर्तन या रुपान्तरणका लागि हिंसाको मार्ग अवलम्बन नगर्नेु भन्ने सिद्धान्तमा आधारित छ ।
विश्व अनि मानव इतिहास हिंसा र द्वन्दको कैयन घटनाक्रमहरूको सामना गर्दै आएको छ । हरेक कुरामा जीत मानवको प्रथम प्राकृतिक चाहना भएकाले युद्धको अवस्था उत्पन्न गराउँदछ । व्यक्तिगत, सामूदायीक, राष्ट्रिय, अन्तराष्ट्रिय धेरै प्रकारका युद्ध अनि हिंसाहरुबिच विश्वले शान्ति अनि अहिंसाको दिवास्वप्न देखिरहेको छ ।उत्तर कोरिया, सिरिया, अमेरिका, चीन आदिका पछिल्ला गतिविधिले विश्वमा शान्तिपूर्ण वातावरणमा बस्न पाउन मानवको अधिकार खोसिँदै छ ।भने जताततै हिंसात्मक गतिविधि पनि बढिरहेका छन् ।

आजभोली विश्वमा अनेक स्वरूपका हिंसाका घटनाहरु दिनानूदिन बढदै गएको छ । एकातर्फ हिंसात्मक कार्यहरुलाई संस्थागत रुपमा अभ्यास गरिने गिरोहहरु संसारका हरेक कुनाहरुमा संलग्न छनभने अर्कोतर्फ हिंसाका विरुद्ध बोल्न, लेख्न अनि अभिब्यक्त गर्नसक्ने आवाजहरुको कमीले निम्त्याएको मौनताले गर्दापनि हिंसात्मक तत्वहरु उत्प्रेरित हुँदा यो दिवस सदवसको रुपमा मात्र सिमित हुन थालेको छ ।

गान्धीको जन्म दिन
आज अक्टोबर महिनाको २ तारिख, आज विश्वभर अहिंसा दिवस मनाइँरहँदा महात्मा गान्धिको नाम जोडिएर आउँछ । आजको दिन नै विश्वमै अहिंसाकालागि विश्वसमाजले मानेका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो । उनलाई अहिँसाका प्रतिक पनि मानिन्नछ । उनका नुन आन्दोलन, चर्खा आन्दोलनुहरु र त्यसका परिवर्तनहरु अहिंसात्मक आन्दोलनका बलिया उदाहरणहरु हुन् । सामाजिक न्यायमा गान्धी र उनले अबलम्बन गरेको अहिंसाको बाटो विश्वमै उदाहरणको रुपमा रही आएको छ ।

दक्षिण अफ्रिकामा २१ वर्ष बसेपछि सन् १९१५ मा महात्मा गान्धी स्वदेश फर्किए। गान्धी भारत फर्किएदेखि १९४७ सम्मको अवधिलाई भारतमा गान्धी युग भनेर चिनिन्छ। भारतमा उनले चलाएको आन्दोलन आरोह(अवरोह पार गर्दै राष्ट्रिय आन्दोलनको रुप लियो।

उनकै नेतृत्वको आन्दोलनबाट भारत स्वतन्त्र पनि भयो। शस्त्रबाट मात्र परिवर्तन देखेको विश्वलाई निष्ठा सहितको आत्मबलले पनि परिवर्तन संभव छ, भनेर उनले सावित गरे।अहिंसात्मक आन्दोलन सफल भएकै कारण आजको विश्व जगतले उनलाई स्मरण गर्ने गरेको छ।

संयुक्त राष्ट्रसंघले नै उनको जन्म दिन अक्टोबर २ तारिखलाई विश्व अहिंसा दिवसका रुपमा मनाउन थालेको छ। संयुक्त राष्ट्रसंघजस्तो गरिमामय संस्थाले कुनै व्यक्ति विषेशको जन्मदिनलाई दिवसकै रुपमा मनाउने निर्णय गर्नुले त्यसको महत्व झनै बढेर गएको छ।

नेपालमा पनि आजसम्म बिभिन्न कालखण्डमा आन्दोलन र जनचाँसोका कुरामा धेरै जना शहिद भएका र हिंसा भएको उदाहरण र प्रमाणहरु छन् । राणा विरोधी आन्दोलन होस या राजसंस्था हटाउने क्रान्ति, पेट्रोलको मूल्यवृद्धिको आन्दोलन होस् या आमरण अनसनका श्रृंखलाहरु कुनै न कुनै रुपमा परिवर्तनका बाधक तत्वहरु र यथास्थितीवादी सोंचले परिवर्तनको बिरोधमा हिंसा छेडिरहेका हुन्छन ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  २ : ५४ बजे