१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

जिवित पुत्र पर्वको रूपमा मनाइने जितिया पर्व आज



मायादेवी अनलाइन ।
आज जितिया पर्व तराइवासी मधेशी महिलाहरूले हर्षौल्लासका साथ मनाउँदै छन् । नेपालका तराइवासी मधेशी महिलाहरूले जितियालाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त यो चाडलाई मनाउने गर्दछन् । यसलाई जिवित पुत्र पर्वको रूपमा पनि मनाइन्छ ।

यो पर्वमा खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूका लागि व्रत बस्ने गर्दछन । महिलाहरु निर्जला अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान जीतमहान गोँसाईुको पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ । त्यही परम्परा अनुसार यो पर्व मनाइन्छ ।

विशेषत तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दु रित अनुसार आज जितियाको व्रत लिइन्छ । पर्वमा एकाविहानै उठी नजिकको जलाधार अथवा नदिमा गएर स्नान गरी तोरीको तेल र खरु चढाउने परम्परा रहिआएको छ । आमाहरुले स्नान गरेर मात्र यस दिन चोखो खानेकुरा सेवन गर्दछन् ।
त्यसै गरि थारु समूदायमा जितियालाई उत्तिकै महत्वका साथ लिइन्छ । जितियालाई बिजय अर्थात् जितका रुपमा लिदैं नवलपरासी अनि चितवनका महिलाहरुले तिन दिनसम्म महत्वका साथ जितीया मनाउँदछन ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  २ : ५९ बजे