१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

आज विश्व अहिंसा दिवस, महात्मा गान्धीको जन्मदिन पनि



काठमाण्डौं । 

आज अक्टोबर महिनाको २ तारिख, विश्वभर अहिंसा दिवस मनाइदै छ । विश्वले मनाउने अहिंसा दिवस विश्वमा कुनै पनि राजनैतिक या सामाजिक परिवर्तन या रुपान्तरणका लागि हिंसाको मार्ग अवलम्बन नगर्नु भन्ने सिद्धान्तमा आधारित छ ।

आजको दिन विश्वमै अहिंसाका लागि विश्व समाजले मानेका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो । उनका नुन आन्दोलन, चर्खा आन्दोलनहरु र त्यसका परिवर्तनहरु  अहिंसात्मक आन्दोलनका बलिया उदाहरणहरु हुन् । सामाजिक न्यायमा गान्धी र उनले अबलम्बन गरेको अहिंसाको बाटो विश्वमै उदाहरणको रुपमा रही आएको छ ।

विश्व अनि मानव इतिहास हिंसा र द्वन्दको कैयन घटनाक्रमहरूको सामना गर्दै आएको छ । हरेक कुरामा जीत मानवको प्रथम प्राकृतिक चाहना हो अनि कतिपय जीतका चाहनाले युद्धको अवस्था उत्पन्न गराउँदछ । व्यक्तिगत, सामूदायीक, राष्ट्रिय, अन्तराष्ट्रिय धेरै प्रकारका युद्ध अनि हिंसाहरुबिच विश्वले शान्ति अनि अहिंसाको दिवास्वप्न देखिरहेको छ ।

नेपालमा पनि आजसम्म बिभिन्न कालखण्डमा आन्दोलन र जनचाँसोका कुरामा धेरै जना शहिद भएका र हिंसा भएको उदाहरण र प्रमाणहरु छन् । राणा विरोधी आन्दोलन होस या राजसंस्था हटाउने क्रान्ति, पेट्रोलको मूल्यवृद्धिको आन्दोलन होस या आमरण अनसनका श्रृंखलाहरु कुनै न कुनै रुपमा परिवर्तनका बाधक तत्वहरु र यथास्थितीवादी सोंचले परिवर्तनको बिरोधमा हिंसा छेडिरहेका हुन्छन ।

आजभोली विश्वमा अनेक स्वरूपका हिंसाका घटनाहरु दिनानूदिन बढदै गएको छ । एकातर्फ हिंसात्मक कार्यहरुलाई संस्थागत रुपमा अभ्यास गरिने गिरोहहरु संसारका हरेक कुनाहरुमा संलग्न छनभने अर्कोतर्फ हिंसाका विरुद्ध बोल्न, लेख्न अनि अभिब्यक्त गर्नसक्ने आवाजहरुको कमीले निम्त्याएको मौनताले गर्दापनि हिंसात्मक तत्वहरु उत्प्रेरित हुँदा यो दिवस सदवसको रुपमा मात्र सिमित हुन थालेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  ४ : ०२ बजे