१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चालकको गम्भीर लापरबाहीमा अर्घाखाँची दुर्घटना, घाइते भन्छन् चालकले सुतेर गाडी चलायो !



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीमा सोमबार भएको जीप दुर्घटनामा परेर एउटै गाउँका १३ जना घाइते हुनुमा चालकको चरम लापरबाही देखिएको छ । रातीको समयमा चालकले सुतेर गाडी चलाउँदा जिल्लाको मालारानी ६ हंसपुरका १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यात्रुहरुका अनुसार लामो समय चालक अनिदो भएपछि सवारी चलाउँदै गर्दा सुतेको बताइएको छ । गोरूसिङगे सन्धिखर्क सडक खण्डको सितगंगा नगरपालिका –२ भुवनपाटा फलाचौरको मोडमा मलामी बोकेर फर्कदै गरेको अवस्थामा चालक सुतपछि जीप अनियन्त्रित भई सडक बाट जिप करिब २ सय ५० मिटर तल खसेको थियो ।

घाइतेहरुको अहिले बुटवल अन्चल अस्पतालमा उपचार भैरहेको छ । एउटै गाउँका यति धेरै घाइते भए पछि अहिले गाउँलेहरु दुखी भएका छन् । यस्तै सोहि दुर्घटनामा आफन्त परेको थाहा पाएपछी अर्घाखाँची मालारानी ६ बाट घटना स्थलमा उद्दार गर्न आउदै गरेको मोटर साइकल दुर्घटना हुँदा थप २ जना घाइते भएका छन् ।

दुर्घटनामा अर्घाखाँची मालारानी ६ का ३६ बर्षिय मोटरसाईकल चालक हिरा सिंह घर्तिमगर र सोहि ठाँउका हुम बहदुर पुन गम्भिर घाईते भएका हुन् । घाईते मध्ये हुम पुनलाई थप उपचारका लागी बुटवल लगिएको छ भने चालक हिरा सिङको स्थानिय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
लु ३९ प ६४३ नम्बरको मोटरसाईकल बिपरित दिशा बाट जादै गरेको बा २ झ २१३६ नम्बरको स्कारपियो सँग घटनास्थल नजिकै एक आपसमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  ३ : २३ बजे