१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

के हुँदैछ देशमा ! ठुली आमालाई करणी गरेको आरोपमा छोरा पक्राउ



पाल्पा ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले करणी गरेको आरोपमा रैनादेवी छहरा गाउँपालिका सिद्देश्वरका एक युवकलाई पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी डर त्रासमा पारी नातेदार आमा पर्नेलाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले आफ्नै छिमेकी ठुलीआमा पर्नेलाई करणी गरेको भनिएकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।
आरोपित ब्यक्तिलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १६ आश्विन २०७५ मंगलबार ००:००  ३ : २९ बजे