१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कलंकीदेखि सिम्लेसम्म जाम, यात्रुलाई कहिले सम्म हुने सास्ती ?



काठमाण्डौ ।
नागढुंगा हुँदै काठमाण्डौ ओहोरदोहोर गर्ने यात्रुले पहिलेभन्दा पनि बढी सास्ती खेप्नुपरेको छ । राती गाडी चलाउन रोक लगाएर सडक मर्मतको काम थालेपछि जाम बढ्दा यात्रुले झन् बढी सास्ती खेप्नुपरेको हो ।
केही दिनदेखि लगातार जाम हुँदै आएको यो सडकखण्डमा राती ८ बजेदेखि ५ बजेसम्म गाडी बन्द गरेर मर्मतको काम थालिएको छ । थानकोट–पिपलामोड सडकखण्डमा मर्मतको काम हुँदा रोकिएका गाडी बिहान एकैपटक छुट्दा जाम बढेको हो । काठमाण्डौ भित्रने गाडीको जाम धादिङको सिम्लेसम्मै पुगेको ट्राफिक प्रहरीले जनाएको छ ।

सामान्य बेला सिम्लेबाट कलंकी आइपुग्न डेढदेखि दुई घण्टासम्म लाग्छ । अहिले ९÷१० घण्टासम्म लाग्ने गरेको यात्रु र चालकले बताएका छन् । काठमाण्डौबाट बाहिरिने गाडी भने जाममा बस्न नपर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  ३ : १९ बजे