१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

डिभी खुल्यो, कसरी भर्ने त ?



मायादेवी अनलाइन ।
सन् २०२० को लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डीभीको आवेदन आज मध्यरातिदेखि खुल्दै छ । डिभी नेपाली समयअनुसार आज राति ९ः४५ बजेबाट सुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।

डीभीको आवेदन दिनको लागि तोकिएको समयभित्र http://www.dvlottery.state.gov  वेब साइटमा गएर डीभीका लागि आदेवन भर्न सक्नेछन ।

यस्तै डीभी भर्दा २१ वर्षभन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने दूतावासले जानकारी दिएको छ । डीभी फर्म एक पटकभन्दा धेरै समय नभर्न अमेरिकी दूतावासले आग्रह गरेको छ ।

यस्तै डीभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डीभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डीभी भरेमा त्यस्ता उम्मेदवार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ । डीभी भर्दा फोटो फारममा भनेअनुसारकै फोटो राख्नुपर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  ४ : २९ बजे