१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश सरकार गतिहिन, संसदीय समिति सुस्त



बुटवल ।
प्रदेश नं. ५ प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य भएको डेढ महिना नाघिसक्यो । सरकारले ‘बिजनेश’ दिन नसकेपछि अधिवेशन अन्त्य गरेको प्रदेशसभाका समिति पनि काम बिहिन बनेका छन । ‘मिनी सांसदका रुपमा रहेका ६ वटा समिति निष्कृय छन । यो अवधिमा कतिपय समितिका एजेण्डा बिहिन बैठक बसे। सरकारको पूर्ण शक्ति बजेट कार्यान्वयनमा लगाउने भन्दै हतारमा अधिवेशन अन्त्य गरिएको थियो । अन्य प्रदेशका अधिवेशन अन्त्य भएको छैन । काम नभएपछि कतिपय सांसद भ्रमणमा निस्किएका छन ।
सांसदको एउटा टोली भारतको माउण्ट आबु निस्किएको छ । कतिपय सांसद जिल्लामा पार्टीको काममा व्यस्त छन । सरकारले पहिलो वर्ष कानुन निर्माणको बर्ष बनाउने घोषणा गरे पनि नौ महिना बित्दा १४ वटा कानुन मात्रै निर्माण गरेको छ । प्रदेश ५ मा घटीमा सयभन्दा बढी कानुन बनाउनुपर्ने हुन्छ । संघीय सरकारले कानुन नबनाउँदा प्रदेशले काम गर्न नसकेको टिप्पणी मन्त्रीको छ ।
प्रदेशमा ५ वटा विषयत समिति छन । यी समितिमध्ये अधिकांशको एउटा मात्रै बैठक बसेको छ । ‘सरकारी कामको अनुगमन गर्न बजेट खर्च भएको छैन ऐन कानुनमाथि छलफल गर्न संसदमा बिधेयक दर्ता भएका छैनन’, सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले भन्नुभयो, ‘काम बिहिन अवस्थामा बस्नु परेको छ ।’ समितिले पहिलो बैठकबाट कार्यबिधि र निर्देशिका तयार पारेका छन्। त्यसबाहेक एजेण्डामा रहेर छलफल भएको छैन । सरकारले कामअघि बढाएमात्रै समिति सक्रिय हुने चौधरीले बताउनुभयो । –अन्नपूर्ण पोस्ट्बाट

प्रकाशित मिति : १८ आश्विन २०७५ बिहिबार ००:००  ३ : २८ बजे