१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज नबस्ने



काठमाण्डौ ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि आज बोलाएकोमा विशेष कारणवश बैठक असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको हो ।
काङ्ग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
काङ्ग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितीका लागि अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७५ शुक्रबार ००:००  ४ : ०७ बजे