१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बागमतीमा दुई अंकको मोटरसाइकल नम्बर सकियो, पर्यो फसाद !



काठमाण्डौ ।
बागमती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया बन्द भएको छ । मोटरसाइकल दर्ता बा ९९ प ९९९९ सम्म पुगेपछि अब कुन आधारमा नयाँ मोटरसाइकल दर्ता गर्ने भन्नेबारे स्पष्ट कानुनी व्यवस्था नहुँदा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया रोकिएको हो ।
यातायात व्यवस्था विभागका अनुसार बागमती अञ्चलमा मात्रै १० लाख मोटरसाइकल दर्ता भएको छ ।
यातायात व्यवस्था नियमावलीमा दुई अंक सम्म मात्रै राखेर सवारी दर्ता गरिने प्रावधान छ । यो व्यवस्था परिवर्तन नभएसम्म नयाँ मोटरसाइकलमा तीन अंक राखेर दर्ता गर्न सकिदैन । नियमावली संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको विभागले जनाएको छ ।
नयाँ मोटरसाइकल दर्ता प्रक्रिया रोकिएपछि चाडपर्वको अफरमा मोटरसाइकल किन्ने तयारी गरेका ग्राहक अन्यौलमा परेका छन ।

प्रकाशित मिति : १९ आश्विन २०७५ शुक्रबार ००:००  ४ : ११ बजे