१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सहकारीलाई परियोजना हस्तान्तरण



शिवलाल सुवेदी, गुल्मी ।
तीन बर्षदेखि संचालनमा रहेको बाख्रा विकास परियोजना यहाँको एक सहकारीलाई हस्तान्तरण गरिएको छ । इस्मा गाउँपालिका ५ मा तीनबर्ष अगाडिदेखि सञ्चालन भएको बाख्रा बिकास परियोजना एक कार्यक्रमका विच इस्मा कृषि तथा पशु महिला सहकारी संस्थालाई हस्तान्तरण गरिएको हो ।
हेफर इन्टरनेशनल नेपाल, किसानका लागि उन्नत विउ विजन कार्यक्रम अन्र्तगत वडामा सञ्चालन भैरहेको वाख्रा विकास परियोजनालाई कार्यक्रमका विच प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले सहकारीका अध्यक्ष सीता बस्नेतलाई हस्तान्तरण गरेका हुन ।
परियोजना साझेदारी सस्था उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मी मार्फत सन् डिसेम्बर २०१५ बाट इस्मा गाउपालिका ५ को इस्मा रजस्थलमा संचालन भएको थियो । परियोजना हस्तान्तरण गर्दै प्रमुख अतिथि लक्ष्मण पराजुलीले परियोजनाले मानबिय बिकासमा गरेको योगदान इस्माका महिलाको लागि स्मरणयोग्य रहेको बताए । अहिले गाउँका महिला समुदायमा मिलेर बस्न सक्ने भएको, बचत गर्न र समुहमा संगठित हुन उत्साहित भएको, उद्यम सृजना गर्न र मनमा लागेको कुरा खुलेर बोल्न सक्ने भएको देखेर आफु अत्यन्तै खुसी भएकाले परियोजनालाई धन्यवाद दिए ।
कार्यक्रममा वोल्दै इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले यहाँका महिलामा नयाँ सोच र क्षमता प्रदान गरि आर्थिक समृद्धिको बाटोमा डो¥याउने काम हेफर परियोजनाले गरेको भन्दै उक्त काममा गाउँपालिकाको सहयोग रहने बताए । परम्परागत रुपमा गाउँमा वाख्रा पालन गरिदै आएका जनताहरुलाई थप ब्यवसाियक बनाउन यसले ठुलो सहयोग गरेको छ पालिका अध्यक्ष विष्टले भने‘ परम्परागत प्रणालीलाई ब्याबसायिक बनाउँदै आर्थिक समृद्धिको बाटोमा लैजान परियोजनाको महत्वपूर्ण हात रहेको छ, अहिले गाउँमा ब्यवसायिक वाख्रापालनको शुरुवात भएको छ ।’ उनले स्थानीय सरकार सबैसंग हातेमालो गरेर अगाडी चाहेको समेत बताए । उनले महिलाको आर्थिक तथा सामाजिक बिकासमा परियोजनाले खेलेको भुमिकाको प्रसंसा गर्दै उत्पीडित समुदाय उत्थान केन्द्र र हेफर इन्टरनेशनललाई धन्यवाद दिए ।
परियोजनाका तर्फवाट कार्यक्रम अधिकृत सरोज श्रेष्ठले परियोजना सफल बनाउन सवैको सहयोग रहेको कार्यक्रममा बताए । परियोजनाले जिउने कला सिकाउने भएकाले तीन बर्षमा महिला दिदिवहीनीहरुमा आएको सचेतना र आर्थिक समृद्धिसंगै अबको बाटो अझ फलदायी हुने उनको भनाई छ । परियोजनाका कारण इस्मा रजस्थलका महिलाहरु दीदीवहीनीहरुमा ठुलो परिर्वतन आएको छ । यहाँका महिलाहरुमा आफ्नो नाम भन्ने वानीको विकाससगै आर्थिक आर्य आर्जनको समेत ढोका खुलेको छ ।
गाउँमा अहिले उनीहरुले खुलेर आफ्ना कुराहरु ढुक्कसगँ राख्न र भाषण गर्न सक्ने भएका छन भने वाख्रा पालनवाट राम्रो आम्दानी समेत गर्न थालेका छन । कृषि तथा पशु सहकारीकी अध्यक्ष सीता बस्नेतले आफुहरुलाई परियोजनाले आखाँ खोल्दिएको बताईन । ३ बर्ष पहिले २ जना मान्छेसगँ वोल्न पनि डर लाथ्यो वस्नेतले भनिन‘ अहिले ठुलै कार्यक्रम पनि चलाउन सक्ने भएका छौ, साथै वाख्रावाट आम्दानी पनि शुरु भएको छ ।’ उनका अनुसार छोटो समयमा आफुहरुमा आएको परिर्वतनले आफै ढङ्ग परेको बताईन । परियोजना सञ्चालनमा आएसगै अहिले इस्मा गाउँपालिका ५ मा मात्रै करिव ४ हजार वाख्रा रह्ेका छन । यो बर्ष मात्रै १ हजार खसीबोका बिक्री भएका छन ।

प्रकाशित मिति : २० आश्विन २०७५ शनिबार ००:००  १ : १६ बजे