१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सकियो यो वर्षको मनसुन



काठमाण्डौ ।

यो वर्षको मनसुन सकिएको मौसमविद्ले घोषणा गरेका छन । गएको जेठ २५ गते २ दिन छिटो सुरु भएको मनसुन १२ दिन ढिलो गरी सकिएको मौसमविद्ले घोषणा गरेका हुन ।
सामान्यतया अंग्रेजी महिनाको जुन १० तारिखमा सुरु हुने मनसुन सेप्टेम्बर २३ तारिखमा सकिन्छ । तर केहि वर्षयता ढिलो गरी नेपाल प्रवेश गर्ने मनसुन ढिलो गरिनै सकिन थालेको छ । गएको वर्ष दुई दिन ढिला गरी १२ जुनमा सुरु भएको मनसुन १६ अक्टोबरमा सकिएको थियो ।
यो वर्ष मनसुनमा देशभरि नै औसतमा पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अब सामान्यतया देशभरी कै मौसम सफा हुन्छ । आज पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परे पनि अरु ठाउँको मौसम भने सफा हुने उहाँको अनुमान छ ।

प्रकाशित मिति : २० आश्विन २०७५ शनिबार ००:००  ५ : ३४ बजे