१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ट्रक र माइक्रो बस ठोक्किदा बाँकेमा ६ जनाको ज्यान गयो



बाँके ।

शनिबार विहान ट्रक र माइक्रो बस ठोक्किँदा बाकेमा ६ जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्गरर्गत बाँकेको सम्सेरगञ्ज भन्दा ५ किलोमिटर पूर्व ठुरेमा दाङबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको हाइस र  विपरीत दिशाबाट जाँदै गरेको लु १ ख ७७ २९ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ज्यान जानेको पहिचान खुलेको छैन । घाइते १७ जनाको कोहलपुर मेडिल कलेजमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाकी छ ।

प्रकाशित मिति : २० आश्विन २०७५ शनिबार ००:००  ५ : ४५ बजे