१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दोबाटामा पहिलोपटक बिजुली बल्यो, टोप बहादुर रायमाझीद्वारा उद्घाटन



गणेश बेल्वासे ‘संगम’, अर्घाखाँची ।
अर्घाखाँचीको दोबाटा गाउँमा पहिलोपटक बिजुली बत्ती बालिएको छ । “उज्यालो हाम्रो गाउँ” भन्ने मूल नाराका साथ अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ११ दोबाटोमा विद्युत लाइन वितरण भएको हो । नेपाल विद्युत प्राधिकरण शाखा, अर्घाखाँची र लमही दाङको संयुक्त सहयोगमा विद्युत लाईन वितरण गरिएको हो । दाङबाट पूर्वपश्चिम राजमार्ग हुँदै दोबाटोसम्म तानिएको प्रसारण लाइनबाट वितरण गरीएको हो ।
एक औपचारिक कार्यक्रमका वीच प्रतिनिधीसभा संसद एवं पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले स्वीच अन गरेर विजुली बत्तिको लाइन वितरणको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै उहाँले विकासका मुहान फुटाउने बताउनु भएको छ । प्रतिनिधि सभा सदश्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अव देश विकासको बाटोमा लाग्ने बताउनुभएको छ ।
शनिबार शितगंगा नगरपालिकाको वडा नम्बर ११ को दोबाटो विद्युतियकरण उत्घाटन कार्यक्रमलाई संवोधन गर्दै सो कुरा बताउनु भएको हो ।
पूर्व पश्चिमको मुख्य हाइटेन्सन लाईन मुनि, महेन्द्र राजमार्गले छोएको गाउँ भएर पनि अहिलेसम्म विद्युतको उज्यालोबाट बन्चित बस्नु परेकोमा मलाई चिन्ता लागेको थियो अव यहाका समस्या समधान भएको छ उहाँले भन्नुभयो । यो ठाउँमा आफु दिनमा पनि रातमा पनि हिडेको र यो ठाउँमा आफुहरू बसेको कुरा सम्झदै यस क्षेत्रको विकासमा आफु लागि परेको बताउनु भयो । सर्वप्रथम अति आवश्यक पूर्वाधारहरूको विकास गर्दै अब अगि बढ्ने बताउनु भएको छ ।
अर्को तर्फ ५ नं. प्रदेश संसद रामजी प्रसाद घिमिरे नगरको एकिकृत विकासको योजना बनाउन आफुहरु आग्रह अगाडी बढेको बताउनुभयो । शुभकामना कार्यक्रममा मन्तव्य राख्दै सामाजिक विकासका काममा सबैले साथ दिनु पर्नेमा जोड दिनुपर्ने वडा अध्यक्ष भिम बहादुर केसीले बताउनु भएको छ ।
कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष कपिलचन्द आले, शिवराज नगर उपप्रमुख शिव कुमारी चौधरी लगाएतले शुभकामना मन्तव्य राखेका थिए । उज्यालो नेपाल अभियान कार्यक्रम संग सगै २०७३ सालमा सुरु भएको विद्युतिकरणको कामले आज सार्थकता पाएको छ । बिजुली बत्ती उद्घाटन भएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन ।
साथै सोही कार्यक्रममा अर्घाखाँचीबाट राष्ट्रियसभा सांसद चन्द्रबहादुर खड्का (उज्जवल) प्रदेशसभा सांसद रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समितीका उपप्रमुख ऋषी बहादुर पुलामी, शितगंगा नगरप्रमुख सूर्य प्रसाद अधिकारी, शिवराज नगर उपप्रमुख शिव कुमारी चौधरी, प्रहरी नायब उपरीक्षक तथा सशस्त्र नायब उपरीक्षक, विद्युत प्राधिकरण अर्घाखाँची र लमही दाङका प्रमुख, वडा नं. ९ का वडा अध्यक्ष भीम बहादुर केसी, ८ का अध्यक्ष रुकेश आले, ११ का अध्यक्ष कोपिला चन्द आले, स्थानिय जनप्रतिनिधी लगायत जिल्ला र स्थानीय स्तरका विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।
वडा सदस्य गणेश पुलामीको स्वागत मन्तव्यमा सुरु भएको कार्यक्रमको अध्यक्षता बिष्णु बहादुर परियार (गोकुल) ले गर्नुभएको थियो भने गणेश बेल्बासेले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  १ : ३३ बजे