११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

आजबाट सर्वसाधारणले नयाँ नोट पाउने



काठमाण्डौं ।
यस वर्षको दशैँ तिहारको लागि आजदेखि सर्वसाधारणले नयाँ नोट पाउने भएका छन् । सर्वसाधारणले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
‘२९ गतेसम्म ५, १०, २० र ५० का दुई, दुई र १ सय दरका एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले सटही सुविधा उपलब्ध गराइने भएकाले आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।
राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने सुविधा दिएको छ । गत ११ गते राष्ट्र बैङकबाट नयाँ नोट सटही गरेका बैंक तथा वित्तीय संस्थाले पनि आइतबारदेखि मात्र नोट वितरण सुरु गर्दैछन ।गर्ने छन् ।
यसैगरी उपत्यका बाहिरका उपभोक्ताले पनि असोज २१ देखि नै नयाँ नोट सटही सुविधा पाउनेछन् । मोफसलमा राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी स्थित क्षेत्रीय कार्यालयहरूबाट तथा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  २ : २० बजे