११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मनसुन सकियो, देशभर चिसो बढ्न थाल्यो



काठमाण्डौ ।
बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएसँगै देशभर चिसो बढ्ने क्रम सुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यो समयमा पश्चिमी चिसो वायुको प्रभाव कायम रहन्छ ।
आज दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज काठमाण्डौको न्यूनतम तापक्रम १३ दशमलब ७ र अधिकतम २७ डिग्री सेल्सियस रहने महाशाखाको अनुमान छ ।
सोमबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । सोमबार राति पूर्वी र पश्चिम भूभागमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मङ्गलबार दिउँसो पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  २ : ४८ बजे