१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

देशका विरुद्ध बोल्ने सीके राउत रौतहटमा पक्राउ



रौतहट ।
सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख बुझेर बाहिरिदै गर्दा उनलाई रौतहट प्रहरीले पक्राउ गरेको हो । देश टुक्र्याउने अभिव्यक्ति दिने राउतलाई फौजदारी अपराध संहिताको दफा ४९ बमोजिम मुद्दा दायर गर्ने भएको छ ।
दफा ४९ ले सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामाथि खलल गरे कसुर ठहरिने व्यवस्था गरेको छ । राउत लगायत अन्य दुई जनालाई पनि प्रहरी पक्राउ गरेकोछ । आवश्यक प्रमाण जुटाएर मुद्दा दायर गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
संविधान दिवसका दिन राउतले प्रदेश दुईको राजधानी जनकपुरमा मुलुक टुक्र्याउने अभिव्यक्ति दिएका थिए । विखण्डनको अभिव्यक्ति दिने राउतलाई पक्राउ गर्न नसकेको भन्दै संसदमा सरकारको आलोचना भएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  २ : ५२ बजे