११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

पानी सर्केर एक कैदीको ज्यान गयो



रामेछाप ।
जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक कैदीको ज्यान गएको छ । लागुऔषध मुद्दामा छ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविकको वनकट्टी गाविस–९ का ३९ वर्षीय सुशील श्रेष्ठको ज्यान गएको हो ।
पानी पिउने बेलामा सर्केर कारागारभित्र नै ढलेका कैदी श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा आइतबार ज्यान गएको जिल्ला कारागार कार्यालय रामेछापका निमित्त प्रमुख प्रमोद अधिकारीले जानकारी दिनुभयो । २०६९ चैत १२ गते कैद परेको कैदी सुशील श्रेष्ठलाई २०७३ माघ १३ गते रुपन्देही जिल्लाबाट रामेछाप कारागारमा सारिएको थियो । (रासस)

प्रकाशित मिति : २२ आश्विन २०७५ सोमबार ००:००  १ : ३७ बजे