१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उपाधि दाबेदार टोली एकपछि अर्को गर्दै बाहिरिँदै, मुहान कपको फाइनल भिडन्त रोचक मोडमा



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
उपाधिको दावेदार मानिएका टोली एकपछि अर्को गर्दै बाहिरिँदा वाणगंगा -३ राजापानीमा जारी मुहान जिल्लास्तरीय नकआउट फुटवल प्रतियोगिता रोमाञ्चक बन्दै गइरहेको छ ।
असोज २७ गते ग्राण्ड फिनाले नजिकिँदै गर्दा अहिले सम्म २ सेमिफाइनलिष्ट टोलीको टुंगो लागेको छ भने थप २ टोलीको छिनोफानो सोमबार र मंगलबार हुने छ । रोचक प्रसंग के छ भने उपाधि दाबेदार मानिएका टोली एकपछि अर्को गर्दै बाहिरिए पछि उपाधि कसले उचाल्ने हो अनुमान गर्न कठिन छ । त्यसैले फाइनल रोचक हुनेमा खेलाडी र खेलप्रेमी आशाबादी छन् ।

अहिलेसम्म उपाधि उचाल्ने सपना बुनेका युनाइटेड कपिलवस्तु, बनकट्टी र सिउटी घर फर्किसकेका छन् । यी टोली अन्य टोलीको तुलनामा बलियो भएकाले यिनीहरुले नतिजाले दर्शक केही निरास पनि बनेका छन् । केही कमजोर मानिएका टोली उपाधिको नजिक पुग्न थालेका छन् ।

दोश्रो क्वाटर फाइनलमा आइतबार प्रतियोगिताको उपाधि दावेदार मानिएको टोली बुद्ध युवा क्लव पराजित भयो । सबैतिर चुस्तदुरुस्त खेलाडीले सबै दर्शकको मन जित्ने उत्कृष्ट खेल पस्के पनि नतिजा भने सनराइज युवा क्लव मोतिपुरलाई सुम्पन मात्र बाध्य भएन उपाधि खोस्ने सपना समेत तुहियो ।

पहिलो हाफको ३१ औँ मिनेटमा जर्र्सी नम्बर १२ का राम बहादुर विष्टको उत्कृष्ट गोल मार्फत बनकट्टीले १ अग्रता कायम गरे पनि त्यसको बदला लिँदै दोश्रो हाफको १७ मिनेटको बीचमा गोलको बर्षा नै गर्यो । दोश्रो आफको पहिलो मिनेटमै जर्सी नम्बर २३ का प्रेम थापाले गोल गरे पछि खेल एकएकको बराबरीमा अगाडी बढेको थियो । त्यसपछि पनि सनराइज त्यत्ति मै सिमित रहेन केही मिनेटमै आशिष क्षेत्रीले प्रहार गरेको आक्रामक बलले सिधै जाली चुम्यो । त्यसको १३ मिनेटपछि फेरि सनराइजका व्यक्ति गत दोश्रो तथा टिमको लागि तेश्रो गोल गर्दै प्रेम थापाले नतिजा ३–१ को स्थिथिमा ल्याए । यो बिचमा बनकट्टी निरिह जस्तो देखिएको थियो।

एकपछि अर्को गोल खाँदै दबाबमा रहेको बनकट्टी त्यति खेर निरास भयो जतिखेर दोश्रो हाफको १७ औँ मिनेटमा सनराइजका विकास थापाले गोल गरी खेल पुरै आफ्नो टिमको पक्षमा लिए ।
उपाधि उचाल्ने सपना एक प्रकारले सकिएको अवस्थामा गर या मरको स्थितिमा बनकट्टीले त्यसपछि राम्रो खेल पस्कने जमर्को त गर्यो, तर खेललाई फर्काउन सकेन । उसका केही प्रहार बारमा लागेर बाहिर ग एभने केही प्रहारलाई सनराइजका गोल किपरले उत्कृष्ट बचाउ गरे ।
खेलको अन्त्यतिर केही गोल गर्ने अवसर पाए पनि बनकट्टीले त्यसको पुरै सदुपयोग गर्न सकेन । त्यै पनि कमल थारुले ३४ औँ मिनेटमा गोल गरी केही बनकट्टीलाई सान्तवना दिलाए । त्यसपछि निर्धारित नब्बे मिनेटको समय सम्म दुवै बाट गोल हुन सकेन र नतिजा ४–२ ले सनराइजले आफ्नो पक्षमा पारेर सेमिफाइनल पुग्ने दोश्रो टोलीको रुपमा आफूलाई उभ्यायो । यसअघिको पहिलो क्वाटर फाइनलमा पनि उपाधिको दाबेदार मानिएको टोली सिउटी अप्रत्यासति हार खाँदै बाहिरिएको थियो ।
त्यस्तै गत १६ गते पनि अर्को उपाधि दाबेदार युनाइटेड कपिलवस्तु नप प्रभात युवा क्लव ठाकुरापुरसंग नमिठो हार खाँदै बाहिरिए पछि सबै दर्शक निरास थिए । प्रतियोगितामा कमजोर मध्येको एक मानिएको टोलीले एन पि सिटीले उपाधिको दाबेदार युनाइटेडलाई २–१ गोलले पराजित गरेको थियो । त्यसैले मुहान कप कसल उचाल्न सक्छ भनेर यसै भन्न सकिने अवस्था छैन ।
२७ गते सम्म चल्ने प्रतियोगितामा सेमिफाइनल प्रवेशको लागि सोमबार एक खेल हुँदै छ । जसमा आयोजक मुहान ए र एनपिसिटी ठाकुरापुर भीँड्ने छन् । प्रतियोगितामा जम्म १६ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले नगद रु ५१ हजार शिल्ड र प्रमाण पत्र पाउने छन् भने उत्कृट खेलाडीलाई विधागत रुपमा पुरस्कारको व्यवस्था पनि गरिएको क्लवका अध्यक्ष प्रकाश सेनले जानकारी दिनु भयो ।

भलवाड कप
भलवाडमा जारी प्रथम भलवाड कपमा आइतबार भएको खेलमा युनाइटेड कपिलवस्तु र नव प्रतिभा युवा क्लव बिजयी भएका छन् ।
युनाइटेडले अल स्टार युवा क्लवलाई ५ शुन्य अन्तरले पराजित गरेको हो भने नव प्रतिभाले सगरमाथा युवा क्लव उक्टहवालाई १ –० ले पराजित गर्न सफल भयो । प्रतियोगिता अन्तर्गत सोमबार पनि २ खेल हुँदै छन् । वाणगंगाा स्पोर्टस् र चन्द्र सूर्य वर्दहवा तथा दोस्रो खेलमा आयोजक बी र जनप्रिय युवा क्लव पिपराबीच हुने छ ।

प्रकाशित मिति : २२ आश्विन २०७५ सोमबार ००:००  १ : ५१ बजे