१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज विश्व हुलाक दिवस



काठमाण्डौ ।
आज विश्व हुलाक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।
विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा र्पुयाउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।
तर सूचना र संचारको सबैभन्दा भरपर्दो र पुरानो माध्यम हुलाकको प्रगोग भने निकै न्यून भएको छ । विश्वमा विकास भएका प्रविधि र सामाजिक संजालको बढ्दो प्रयोगले आजभोली नेपालमा पनि हुलाक छाँयामा परेको छ ।
कुनै समय हुलाकमा लाइन लगाएर सूचना संकलन गर्नु पर्ने अवस्था थियो भने अहिले हुलाकमा सुनसान देखिन्छ । भने हुलाकको प्रचलन कम हुँदा हुलाक लाृप हुने अवस्थामा पुगेको छ । सहर बजारमा यसको प्रयोग एकदमै न्यून भए पनि कतिपय दुर दराजमा भने अझै पनि हुलाक सेवा प्रभावकारी भैरहेको छ ।
दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सूचना तथा सञ्चारमन्त्री गोकुल वास्कोटाले नेपालको हुलाक सेवाले चुनौतीको रुपमा नलिई हुलाक सेवालाई समयसापेक्ष परिवर्तन गर्न सके हुलाकको औचित्य बढ्ने बताउनु भयो ।
हुलाक क्षेत्रमा भएको हालको अवस्थामा विभिन्न बाधा र समस्याहरुका बीच पनि कर्तव्यप्रति सजग रही खटेर काम गर्ने सम्पूर्ण हुलाककर्मी एवं हुलाक सेवाको उपयोग गर्ने सेवाग्राहीहरु र हुलाकको काममा प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग र्पुयाउने सबैमा मायादेवी अनलाइनको तर्फबाट शुभकामना ।

प्रकाशित मिति : २३ आश्विन २०७५ मंगलबार ००:००  १ : ३३ बजे