१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अर्घाखाँचीको सिस्ने सम्म बस सेवा सुचारु, स्थानीय हर्षित



गणेश बेल्बासे, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं ९ सिस्नेसम्म मंगलबारबाट बस सेवा सुचारु हुने भएको छ । पुन ः बस संञ्चालनमा आउँदा स्थानीयहरु खुसीले हर्षित भएका हुन् ।
बर्षायाम लागे संगै गत असार पछि बर्षाको चाप बढेसंगै बस सेवा बन्द भएको थियो । पश्चिम बस व्यवसायी संघले नियमित रुपमा क्युमा कपिलवस्तुको चन्द्रौटाबाट धानखोला हुदै सिस्ने सम्म दिउँसो ३ ः ३० बजे बस् छुट्ने बताएको छ ।
आज मंगलबारबाट बस संञ्चालनमा आउन लागेको हो । बस सेवा सुचारु संगै चर्को भाडादरमा ट्याक्टरमा सामान ढुवानी गर्नुपरेको र अब यात्रा गर्नु परेका यात्रुहरु न्युनतम भाडादरमा आरामदायी यात्रा गर्न पाउदा खुसी भएका छन् ।
बस संञ्चालनमा आउने भएपछि बडा दशैमा घर आउनेहरुलाई सजिलो भएको छ । विभिन्न ठाउँमा दशैमा घरसम्म जान बसको अभाव हुन थालेको खबर विस्तारै आउन थाल्दा यता बसले नियमित सेवा आरम्भ गर्न पहल गरिएको वडा अध्यक्ष भिम बहादुर केसीले जानकारी दिनु भएको छ । यस बस संञ्चालन पश्चात दाङको गढवा गाउँपालिका वडा नं. १ तथा अर्घाखाँचीको शित गंगा नगरपालिका वडा नं.९ र १० का स्थानीयहरु लाभान्वित हुने भएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७५ मंगलबार ००:००  २ : ४२ बजे