१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कामको दायरा बढाउँदै हुलाक



घोराही ।
सरकारले यस वर्षको १४४ आँै विश्व हुलाक दिवस विभिन्न कार्यक्रमको आयोजना गरी असोज २२, २३ र २४ गते मनाउन मातहतका कार्यालयलाई निर्देशन दिइएकोे छ । “समावेशी विकास समुन्नत अर्थतन्त्रको लागि सुदृढ हुलाक’ भन्ने मुख्य नाराका साथ यस वर्षको हुलाक दिवस मनाइन लागिएको छ ।
यसैबिच कुनै समय चिठीपत्र मात्रै बोक्ने हुलाकले हिजोआज अन्य विभिन्न काममा आफ्नो सेवा विस्तार गरेको छ । पहिले चिठीपत्र र पार्सल बोक्ने मात्रै होइन हुलाकले हिजोआज हुलाक बचत बैंक, धनादेश सेवा (घरमै पैसा पु¥याउने), पोस्ट बक्स सेवा, लोकसेवा आयोगको दर्खास्त फारम सङ्कलनको काम, पत्रपत्रिका, रेडियो, टेलिभिजन दर्ता, नवीकरण, पत्रपत्रिका पु¥याउने पठाउने गरिरहेको छ ।
त्यत्ति मात्र होइन नेपाल सरकारले हुलाक कार्यालयको नेतृत्वमा प्रत्येक सरकारी कार्यालयमा सूचना अधिकारी भए÷नभएको, भए पनि आफ्नो जिम्मेवारीअनुसारको काम गरे÷नगरेको र प्रत्येक तीन महीनामा सरकारी कार्यालयले प्रगति प्रतिवेदन तयार पारे÷नपारेको अनुगमन गर्ने जिम्मा दिएको छ ।
पछिल्लो समय इन्टरनेटको कारण व्यक्तिबीचको कुराकानी सहज भएपछि हुलाकमा चिठीपत्र पठाउने ह्वात्तै घटेका छन् तर हुलाकको कामको सीमा क्षेत्र भने बढेको हुलाक कार्यालयको भनाइ छ । (रासस)

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  १२ : २१ बजे