१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तुलसीपुरमा नियमित विमान सेवा सुरु



दाङ ।
दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हवाइ सेवा सुरु भएको छ । तत्कालका लागि सातामा दुई पटक उडान भर्ने गरी नेपाल वायु सेवा निगमको जहाजले सोमवारबाट व्यवसायीक उडान आरम्भ गरेको हो । सोमवारको पहिलो उडानमा सभामुख कृष्णबहादुर महरा काठमाडौंबाट तुलसीपुर आएका थिए ।
उडान आरम्भ गर्नका लागि सभामुख महरा, सांसद मेटमणि चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतले पहल गरेका थिए । दशैंको मुखमा विमान सेवा सञ्चालन हुँदा स्थानीयवासी निकै खुसी भएका छन् ।
तुलसीपुरमा इन्धन डिपो नभएकाले तत्कालका लागि भैरहवा हुँदै विमान तुलसीपुरमा अवतरण गर्ने नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  १२ : २७ बजे