१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बंगलादेशमा पूर्व प्रधानमन्त्री जियाका छोरालाई आजीवन कैद, गृहमन्त्रीलाई मृत्युदण्ड !



ढाका ।
बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणमा दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजिर्त यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए ।
तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान सोही घटनामा संलग्न भएको भन्दै आजिवन कारावासको सजायँ सुनाइएको बंगलादेशी सञ्चार माध्यमहरुले जनाएका छन् ।
भ्रष्टाचारको आरोपमा गत फेब्रुअरीमा पाँच वर्षका लागि खालेदा जिया जेलमा थुनिएपछि निर्वासनबाटै रहमानले प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्व गरिरहेका छन् ।
होस्सेनले ढाकाको आक्रमणमा रहमानले नै मुख्य भूमिका निर्वाह गरेको दाबी गरे । उनले पूर्वगृहमन्त्री समेत दुईजना मन्त्री र जासूसी संस्थाका दुईजना पूर्वप्रमुखहरुमाथि पनि मृत्युदण्डको फैसला भएको बताए ।
बंगलादेशमा प्रतिबन्धित हर्कत–उल जिहाद अल इस्लामी (हुजी) सँग आबद्ध १५ जना लडाकूलाई पनि उक्त आक्रमणका मुख्य दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला भएको होस्सैनले जानकारी दिए। उक्त संस्थाका प्रमुखलाई गत वर्ष अप्रिलमै मृत्युदण्ड दिइएको थियो ।
सरकारी अधिवक्ताहरुले पूर्वमन्त्री अब्दुस सलाम पिन्टुले हुजीका लडाकूलाई ग्रिनेड दिएको दाबी गरेका छन् । बंगलादेशमा मृत्युदण्डको सजाय दिइनु सामान्य झैं भएको छ । सबैजसो मृत्युदण्ड झुण्ड्याएर दिने गरिएको छ ।
सन् २००७ यता नै कम्तीमा नौ जना इस्लामिक अतिवादी, पाँच जना मुलुकका सबैभन्दा ठूलो इस्लामिक पार्टीका नेता र एक जना वरिष्ट प्रतिपक्षी नेतालाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  २ : ४९ बजे